Compare Properties

Compare
You can only compare 4 properties, any new property added will replace the first one from the comparison.

Message from the president

Message from the president

कम्पनीका सञ्चालक एवं पदाधिकारीहरु तथा सम्पूर्ण शेयरधनि महानुभावहरु, पत्रकार मित्रहरु व्यवस्थापन समुह एवं कर्मचारीहरु प्रति हार्दिक अभिवादन टक्रयाउँदछु ।
हाम्रो देश प्राकृतिक, साँस्कृतिक, धार्मिक एवं जैविक पर्यावरणीय हिसाबले संसारमा विशिष्ट पहिचान बनाएको देश हो, हाम्रा पुर्खाहरुले विरता प्रर्दशन गरेको गर्भिलो इतिहास हामीसँग छ । सँगसँगै अधिकार प्राप्तीको नाममा अहिले पनि अलमली रहेको ताजा अवस्था समेत हामीले भोगिरहेका छौं नै । तर पनि आज सिङ्गो देश समृद्घीको अभियान नै हाम्रो देशको स्वाधीनता र अर्थतन्त्र विकासको संजिवनी बुटी बन्न सक्छ भन्ने विषयमा बुझाईमा एक ढिक्का छ । यहि आम बुझाईलाई हाम्रो ठाउँबाट समेत उल्लेखनीय योगदान पु¥याउने महत्वपूर्ण उद्देश्य, लक्ष्य र परिदृश्यलाई गहिरो गरि आत्मसाथ गरेर रियल स्टेट र निर्माण व्यवसायलाई केन्द्रमा राख्दै यो कम्पनीको स्थापना ग¥यौं । हाम्रो यो कदम अत्यन्तै जोखिमपूर्ण र अपत्यारिलो पनि थियो तर हामी साँच्चिकै रुपमा देशका लागि केही न केही गरि छाड्ने स्पष्ट विचार बोकेर अगाडी बढेको हुनाले सम्पूर्ण जोखीम र अपत्यारिला लाग्ने विषयहरुमा शानदार विजय प्राप्त गरिएको प्रमाण स्वरुप पब्लिक कम्पनी स्थापना भएको छ । आधुनिक र पर्यावरणीय रियल स्टेट बजारको प्रवद्र्धन गर्ने यसको जगमा विभिन्न पुर्वाधारयुक्त योजनाहरुको प्रवद्र्धन एवंम साझेदारी गरि उद्यमहरुको सृजना गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

 

पब्लिक कम्पनीको अवधारणामा जनजनको धन मार्फत् रियल स्टेट र पर्यटन पुर्वाधारहरुको क्षेत्र सहित देशको सर्वाङ्गीण विकास गर्ने परिलक्ष्य बोकेको छ भने राष्ट्रिय पूँजी निर्माणको मौलिक ढाँचाको प्रतिपादन गर्ने गरि समग्र देशलाई छतज न्भलभचबतष्यल इलेक्ट्रोनिक्स ट्रान्सर्पोटेशनसँग जोडिदिने परिदृश्य कम्पनीका अगाडी चित्रित भईसकेको छ । कम्पनी यी विषयवस्तुहरु व्यवस्थापन गर्नको लागि स्रोत, साधन र प्रविधि भि†याउने दिर्घकालीन रणनीति बनाउन लागिसकेको छ । कम्पनीले देशको अर्थतन्त्रमा सिमित व्यक्तिहरुको मात्र निर्णायक भूमिका हुने वर्तमान अवस्थालाई अन्त्य गर्ने र आम तहसम्म यो भूमिका खेल्ने अवस्थामा ल्याई पु¥याउन र देशको  अर्थतन्त्रको निर्णायक आम समुदाय हुने गरि बृहत्तर योजनाहरुको कार्यान्वयन गरेर नयाँ सन्देश प्रवाह गर्ने निकट अवस्थामा प्रवेश गर्न गइरहेको छ । राज्यले रियल स्टेट बजारको व्यवस्थापन देश विकास र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनको लागि अभिन्न हिस्सा हो भन्ने नबुझी प्राकृतिक न्यायको सिद्धान्त विपरित जबरजस्त अंकुश लगाउने जस्तो गरि जुन कार्य गरेको छ, त्यो स्वंयम अर्थतन्त्र विकासमा आत्मघाती कदम भएको छ । आज देशमा देखिएको आर्थिक संकुचन र बैंकहरुको केटाकेटीपन जस्तो क्षणीक दृष्टीको व्यवस्थापन यसको ज्वलन्त प्रमाण हो । रियल स्टेट एवं जग्गाको कारोबारलाई वैज्ञानीक विधि बनाएर सम्वद्र्धन सहित प्रवद्र्धन गर्ने र एउटा निश्चित विधि मार्फत्प्र क्रियामा भि†याएर उत्पादनमूलक पुर्वाधारयुक्त आयोजनाहरुसँग जोड्नु आजको आवश्यकता हो । यसबाट मात्र देश र लगानीकर्ता धष्ल धष्ल कष्तगबतष्यल मा जान सक्छौं । यस्तो अवस्था नभएका कारण रियल स्टेटको बजार आज सुस्त छ । केही लगानीकर्ता खतराको सामना गरिरहेकै छन् । यसलाई तुरुन्त सुधार गरिएन भने देश गम्भीर दुर्घटनामा फस्ने निश्चित छ । हाम्रो कम्पनीले रियल स्टेटको बजार र कारोबारलाई सम्वद्र्धन एवंम प्रवद्र्धन गर्दै, पुर्वाधारयुक्त उत्पादनमूलक उद्योगहरु स्थापना र संचालन गर्ने मिशन सहित अगाडी बढेको नाताले पर्यटन पुर्वाधारयुक्त केबलकार परियोजना निर्माण गर्ने उद्देश्यले बन्दिपुर केबलकार प्रा.लि.को बहुमत शेयर खरिद गरि सहायक कम्पनीको रुपमा प्राप्ती गरेको छ भने कम्पनीले आफनो ५१% लगानी राखी पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको पब्लिक कम्पनी प्रवद्र्धन गरेको छ । यसैगरि पर्यटन र इलेक्ट्रोनिक्स ट्रान्सपोर्टेशनको अध्ययन, व्यवस्थापन र कार्यान्वयन गराउनको लागि अन्तराष्ट्रिय कम्पनी भारतको ऋच्क् लगायत तेस्रो मुलुकका कम्पनीहरु सँग मिलेर Joint Venture Company: Cablecar & Electronics Tranportation Engineering & Distrubution Ltd.(C-ETED) साथै पर्यटन पुर्वाधारमा लगानी जुटाउन र सबैको लगानीमा पहँुच बढाउन त्यगचष्कm क्ष्लखभकतmभलत ँगलम ीतम। नामका सहायक कम्पनीहरु स्थापना गर्ने योजना बनाएको छ । समग्रमा कम्पनीले देशभरीबाट दशौं हजार लगानीकर्ताहरु भि†याउने देशको पुर्वाधार र पर्यटन विकासमा जनस्तरबाट नैकायपलट गरिदिने बृहत रणनीतीक योजना र सिद्धान्तको प्रतिपादन गरिरहेको छ । यो वृहत्तर अभियानमा सबैको साथ र सहयोग मिल्ने कुरामा कम्पनी विश्वस्त छ ।

अन्त्यमा कम्पनीको उन्नती, प्रगति र देशको सर्वाङ्गीण विकासको लागि जनस्तरबाट नै पूँजी जुटाउने र त्यसको प्रतिफल समेत जनस्तरमा नै फिर्ता गर्ने कम्पनीको बृहत् योजना छ । यसको पक्षमा कार्य गर्ने सम्पूर्ण लगानीकर्ताहरुलाई हार्दिक अपिल गर्दछु भने कम्पनीका योजनाहरुलाई गहिरो साथ दिई समृद्ध नेपालीको अभियान साकार गराउन स्थानीय सरकार प्रादेशीक सरकार र नेपाल सरकार समक्ष अत्यन्तै निकट रहेर कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारको तर्फबाट समेत कम्पनीका योजनाहरुमा प्रत्यक्ष सम्बन्ध राखेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।