कम्पनीका सञ्चालक एवं पदाधिकारीहरु तथा सम्पूर्ण शेयरधनि महानुभावहरु, पत्रकार मित्रहरु व्यवस्थापन समुह एवं कर्मचारीहरु प्रति हार्दिक अभिवादन टक्रयाउँदछु ।
हाम्रो देश प्राकृतिक, साँस्कृतिक, धार्मिक एवं जैविक पर्यावरणीय हिसाबले संसारमा विशिष्ट पहिचान
बनाएको देश हो, हाम्रा पुर्खाहरुले विरता प्रर्दशन गरेको गर्भिलो इतिहास हामीसँग छ । सँगसँगै अधिकार प्राप्तीको
नाममा अहिले पनि अलमली रहेको ताजा अवस्था समेत हामीले भोगिरहेका छौं नै । तर पनि आज सिङ्गो देश
समृद्घीको अभियान नै हाम्रो देशको स्वाधीनता र अर्थतन्त्र विकासको संजिवनी बुटी बन्न सक्छ भन्ने विषयमा
बुझाईमा एक ढिक्का छ । यहि आम बुझाईलाई हाम्रो ठाउँबाट समेत उल्लेखनीय योगदान पु¥याउने महत्वपूर्ण
उद्देश्य, लक्ष्य र परिदृश्यलाई गहिरो गरि आत्मसाथ गरेर रियल स्टेट र निर्माण व्यवसायलाई केन्द्रमा राख्दै यो
कम्पनीको स्थापना ग¥यौं । हाम्रो यो कदम अत्यन्तै जोखिमपूर्ण र अपत्यारिलो पनि थियो तर हामी साँच्चिकै रुपमा
देशका लागि केही न केही गरि छाड्ने स्पष्ट विचार बोकेर अगाडी बढेको हुनाले सम्पूर्ण जोखीम र अपत्यारिला
लाग्ने विषयहरुमा शानदार विजय प्राप्त गरिएको प्रमाण स्वरुप पब्लिक कम्पनी स्थापना भएको छ । आधुनिक र
पर्यावरणीय रियल स्टेट बजारको प्रवद्र्धन गर्ने यसको जगमा विभिन्न पुर्वाधारयुक्त योजनाहरुको प्रवद्र्धन एवंम
साझेदारी गरि उद्यमहरुको सृजना गर्ने कम्पनीको उद्देश्य रहेको छ ।